काठमाडौं : नेपाली साहित्यको 'नोबेल पुरस्कार' मानिने मदन पुरस्कारका संस्थापक कमलमणि दीक्षितको भौतिक शरीरको अवसान भएको छ। दीक्षितको अगुवाइमा मदन पुरस्कार वितरण हुँदै आए पनि उनी विवादरहित भने हुन सकेनन्। गुठीको अध्यक्ष भएपछि उनले कुनै पुरस्कार या सम्मान नथाप्ने घोषणा गरेका थिए। यद्यपि तत्कालीन राजा ज्ञानेन्द्रका हातबाट महेन्द्र प्रज्ञा पुरस्कार थापे।
नेपाली भाषाको श्रीवृद्धिमा अनवरत लागिपरेका उनी मदन पुरस्कार गुठीसँगै मदन पुरस्कार पुस्तकालयका पनि संस्थापक थिए। २०१२ सालमा स्थापना भएको गुठीमार्फत नेपाली भाषामा प्रकाशित उत्कृट पुस्तकलाई हरेक वर्ष मदन पुरस्कार र २०४५ सालदेखि नेपाली भाषामा योगदान पुर्याउनेलाई जदम्बाश्री पुरस्कार प्रदान गरिँदै आएको छ।
केही महिनायता फोक्सोमा समस्या देखा परेपछि उनी उपचारमा थिए। आजै बिहान दुई बजेर ४५ मिनेट जाँदा बिएन्डबी अस्पतालमा उनको निधन भयो।
अनुसन्धानमूलक लेखका साथै नियात्रा, निबन्ध, संस्मरण जस्ता कृति र सम्पादन गरी उनका करिब ७५ पुस्तक प्रकाशनमा छन्। १९८६ भदौमा काठमाडौंको गैरीधारामा जन्मिएका उनको विभिन्न समयमा लिइएका तस्बिर यहाँ राखेका छौं। यी तस्बिर उनकै वेबसाइट kamaldixit.com बाट साभार गरिएको हो।