PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

भूकम्प प्रभावितलाई ट्याक्सी वितरण तयारी अन्तिम चरणमा



पहिलोपोस्ट

भूकम्प प्रभावितलाई ट्याक्सी वितरण तयारी अन्तिम चरणमा

ललितपुर : सरकारले भूकम्प प्रभावितलाई लक्षित गरेर ट्याक्सी वितरणको तयारी अन्तिम चरणमा पुगेको छ।
 
प्राप्त एक लाख ३६ हजार जनाको फारामको तथ्याङ्क कम्प्युटरमा राख्ने काम सकिएकाले ट्याक्सी वितरण छिटै हुने वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयको साना ठूला सवारी शाखाले जनाएको छ।
 
कम्प्युटरमा तथ्याङ्क भर्ने काम एक सातामा सकिने प्रशासन प्रमुख हरि लामिछानेले बताए। यसपछि भने प्रभावितलाई ट्याक्सी वितरण गर्न धेरै समय नलाग्ने उनको भनाइ छ। 'एक सातामा फाराम भरिसक्ने र सम्पादनको काम सकिएपछि स्वीकृत नामावली प्रकाशित हुनेछ,' उनले भने। अन्तिम नामावली प्रकाशित गरेपछि कार्यालयले चिट्ठा प्रक्रियाबाट नाम छानेर ट्याक्सी वितरण गर्नेछ।
 
दैनिक १५/१६ जना कर्मचारी कम्प्युटरमा तथ्याङ्क भर्नकै लागि लागेका छन्। कार्यालयले गत साउन ५ गतेबाट भदौ २ गतेसम्म नयाँ ट्याक्सी नम्बर दर्ताका लागि निवेदन सङ्कलन गरेको थियो।
 
फाराम भर्नेबाट एक हजार ५ सय जनाको चिट्ठाबाट नाम निकाल्ने कार्यालयले जनाएको छ। झन्डै डेढ लाख प्रभावितले फाराम भरेका थिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell