PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

सिरहामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु



पहिलोपोस्ट

लहान : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको छुट्टाछुटै दुई स्थानमा गएराति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
 
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा–६ स्थित सडकमा बलेरोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कर्जन्हा–७ निवासी ६५ वर्षीय छट्टुलाल कुर्मीको मृत्यु भएको हो।
 
बा३च ३४७० नंको बलेरोले राति १० बजेतिर कुर्मी सवार स३प ३९२० नंको मोटरसाइकललाई ठक्कर दिँदा लडेर गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।
 
यसैगरी सिरहाको धनगढीमाई नगरपालिका–१ स्थित राजमार्गमा राति ९ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा३०प १४७४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना४त ७०५५ नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक धनगढीमाई नगरपालिका १० निवासी ३० वर्षीय शरण ठकुरीको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell