PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

​केरुङ नाका सर्‍यो सुन तस्करी : सुन लुकाउन गाडी र मोटरसाइकल प्रयोग



पहिलोपोस्ट

​केरुङ नाका सर्‍यो सुन तस्करी : सुन लुकाउन गाडी र मोटरसाइकल प्रयोग

काठमाडौं : भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएसँगै सुन तस्करीमा संलग्न समूह रसुवाको केरुङ सरेका छन्। वाणिज्य बैंकहरुले मगाएको वैध सुन बिक्री नभई बैंकमै थन्किएर बजार धानिए पनि सुन कहाँबाट आइरहेको छ खुलेको थिएन।

पछिल्ला २ घटनाले सुन तस्करीमा संलग्न समूहले विदेशबाट आउनेहरुसँग सुन मगाएसँगै रसुवाको केरुङ नाकालाई सुन तस्करीका लागी उपयोग गरिरहेको खुलेको हो । 

प्रहरीले एक साताअगाडि रसुवाको टिपुरेमा मोटरसाइकलको डिक्कीमा पाँच किलो सुन फेला पारेको थियो। बा ६८ प ७४५४ नम्बरको मोटरसाइकलमा सुन सहित पक्राउ परेका विरेन लामासँग सोधपुछको क्रममा उनले सो सुन केरुङ नाका हुँदै ल्याएको खुलाएको थियो।

प्रहरीले बुधबार बेलुका कलंकीमा बा ८ च ७४२० नम्बरको टोयोटा हाइलक्स गाडीको साइलेन्स पाइपमा लुकाएर राखेको ७ किलो सुन फेला पार्‍यो। सुन सहित पक्राउ परेका चालक कुन्साङ लामाको बयानमा सो सुन पनि केरुङ हुँदै ल्याएको खुलेको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाको एक अधिकारीले जानकारी दिए।

मंसिर १८ मा बौद्धको फूलबारीमा बा ५ प १७७२ नम्बरको मोटरसाइकलमा प्रहरीले १० किलो सुन फेला पारेको थियो । प्रहरी देख्नासाथ मोटरसाइकलमा रहेका ब्यक्ति मोटरसाइकल छाडेर भागेका थिए।

मापसले गरेकाले भागेका होलान् भनेर प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएपछि केही छ की भनेर जाँच गर्दा साइलेन्सर पाइलमा सुन फेला पारेको थियो ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell