PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

छलफलबाट थाकेकी सभामुखले तीन प्रमुख दललाई दिइन् तीनदिने अल्टिमेटम



पहिलोपोस्ट

छलफलबाट थाकेकी सभामुखले तीन प्रमुख दललाई दिइन् तीनदिने अल्टिमेटम

काठमाडौं : पटक-पटकको छलफलबाट पनि सहमति नजुट्ने अवस्था देखेपछि सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दललाई तीन दिनको अल्टिमेटम दिएकी छिन्।
 
आउँदो संसद बैठक (पुस १८) अघि नै विषयमा सहमति नभए एउटामात्रै बैठक नराखिने सभामुखको भनाइ छ। 'सो समयभित्र उहाँहरुले सहमति गर्नुभएन भने १८ गते एक मात्र होइन ग्याप राखेर एकै दिन दुई-तीन वटा बैठक राख्नेछु,' उनले भनिन्, 'प्रमुख दलहरुलाई छलफल गर्नका लागि कार्यव्यवस्था परामर्श समितिमा पनि मैले भनिसकेको छु।'
 
अब संसदभित्रको बहुमतले जे भन्छ सोही अनुरुप निर्णय लिइने पनि उनले बताइन्।
 
उनको यो रणनीतिले झण्डै एक महिनादेखि संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका दलहरुलाई थकाउने योजना देखिन्छ।

उनले बिहीबारको बैठकमा पनि प्रतिपक्षी सांसदहरुलाई ५ मिनेटभन्दा लामो समय उभ्याइन्।
 
प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका ९ दलले सरकारले मंसिर १४ गते दर्ता गरेको संविधान संशोधन प्रस्तावविरुद्ध लगातार अवरोध गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell