PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

संविधान संशोधन नगरी निर्वाचन घोषणा गरे दुर्भाग्य : मधेसी मोर्चा



पहिलोपोस्ट

संविधान संशोधन नगरी निर्वाचन घोषणा गरे दुर्भाग्य : मधेसी मोर्चा

काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी घोषणा गरिने निर्वाचन नमान्ने भएको छ।
 
मोर्चाको कार्यालय बिजुलीबजारमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन पनि अपुरो र अपूर्ण रहेको मोर्चाको ठहर छ। 'त्यही प्रतिवदेनका आधारमा निर्वाचन गर्नु भनेको अर्को द्वन्द्व निम्त्याउन खोज्नु हो,' तराई मधेस लोकतान्त्रिक पार्टीका  उपाध्यक्ष वृशेषचन्द्र लालले भने, 'यसर्थ संविधान संशोधन सकेर निर्वाचनको छलफलमा प्रवेश गरेपछि मात्रै निर्वाचनबारे निर्णय लिन सरकारलाई आग्रह गरेका छौं।'
 
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आजै जनकपुर जाने भएकाले बैठक भोलि बिहान १० बजे पुन: बस्नेछ।फाइल फोटो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell