काठमाडौं : जागिरको प्रलोभनमा पारेर भारत पुर्याई मिर्गौला झिकेर बिक्री गरेएको आरोपमा तीन जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले बिनुबहादुर तिमल्सिना, प्रकाश बस्नेत र भीमप्रसाद न्यौपानेलाई पक्राउ गरेको हो।
गोरखाका १९ को दीपक नेपालीलाई उनीहरुले राम्रो जागिर लगाइदिने बहानामा भारत पुर्याएका थिए। त्यहीँ नेपालीको मिर्गौला झिकेको आरोपमा पक्राउ गरिएको महाशाखा प्रमुख सर्वेन्द्र खनालले बताए।
नेपाली होसमा आउँदा उनीहरुले 'तिमीलाई गुण्डाले चक्कु हानेकाले उपचार गर्न ल्याएको' भनी बताएका थिए। घाउ ठिक भएपछि उनी नेपाल फर्किएका थिए। तर पटक–पटक बेहोस भएपछि अस्पतालमा जाँच गर्दा एउटा मिर्गौला नभएको खुलेपछि उनले झुक्याएर मिर्गौला बेचेको भन्दै प्रहरीमा उजुरी दिएका थिए।