PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

सरकारी सुरक्षा फौजद्वारा २४ घन्टामा ४२ तालिवानी मारिए



पहिलोपोस्ट

सरकारी सुरक्षा फौजद्वारा २४ घन्टामा ४२ तालिवानी मारिए

काबुल : अफगानिस्तानको सरकारी सुरक्षा फौजले गरेको २४ घन्टाको कारबाहीमा ४२ जना शङ्कास्पद तालिवानी आतङ्कारीको मृत्यु भएको छ। बुधबार बिहानबाट सुरु भएको कारबाहीमा परी ३६ जना घाइते भएका छन्।
 
यस कारबाहीको क्रममा अन्य नौ जनालाई पक्राउ गरिएको रक्षा मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ। संयुक्त सुरक्षा फौजले आतङ्ककारी लुकेर बसेको थाहा पाएपछि आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ।
 
रक्षा मन्त्रालयले आक्रमणका क्रममा सुरक्षा फौजतर्फ कुनै मानवीय क्षति भएको वा नभएको बारेमा कुनै जानकारी दिएको छैन। सुरक्षा कारबाहीका क्रममा तालिवानी आतङककारीले बम र हतियारबाट प्रतिकार गरेका थिए।
 
कुन्दुस सहरमा आफगानिस्तान हिन्दु कम्युनिटीका स्थानीय तहका नेता नारदसिंह बिहीबार बिहान संयुक्त सुरक्षा फौजको कारबाहीमा मारिएका छन्।
 
खोजी तथा अनुसन्धानकार्य जारी रहेको स्थानीय प्रहरीका प्रवक्ता मफुजुल्लाह अकबरीले जानकारी दिए।रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell