PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

​कृष्णनगर दशगजामा गोली चल्यो, २ प्रहरी घाइते



पहिलोपोस्ट

कपिलवस्तु : कृष्णनगरको लक्ष्मीनगर नाकामा दशगजा क्षेत्रबाट नेपालतिर गोली चलेको छ। दशगजाबाट हानिएको गोली लागेर दुई प्रहरी घाइते भएका छन् । 

भन्सार क्षेत्र नजिकको दशगजा क्षेत्रमा गोली चल्दा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी हवल्दार कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएका हुन्। दुबै जनाको अवस्था सामान्य छ।

घटनास्थलमा एयरगनको गोली जस्तो देखिने छर्रा भेटिए पनि कसले हानेको हो खुल्न सकेको छैन। भारतीय प्रहरीको सहयोगसमेत लिएर नेपाल–भारत दुवैतर्फको सीमा क्षेत्रमा कडाइ गरिएको र घटनामा संलग्नको खोजी भइरहेको प्रहरी उपरीक्षक भोजजङ् शाहले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell