PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

सत्तापक्ष-प्रतिपक्षको 'इगो'मा 'किड्न्याप'भयो संसद



मनोज सत्याल

सत्तापक्ष-प्रतिपक्षको 'इगो'मा 'किड्न्याप'भयो संसद

काठमाडौँ : संविधान संशोधन प्रस्ताव दर्ता भएयता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेको एक महिना पुगेको छ। यसबीचमा दलहरुले सहमतिका लागि पटक-पटक प्रयास गरे पनि अवरुद्ध संसद खुलेको छैन।

संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने एमाले सहितका प्रतिपक्षी दलहरुको एक सूत्रीय अडान यथावत् छ। सत्तापक्ष भने संविधान संशोधन प्रस्ताव फिर्ता नलिने बरु संसदमा पेलेर अगाडी जाने तर्फ अगाडि बढेको छ। 

संसदको कार्यव्यवस्था परामर्श समितिमा सत्तापक्षीय दलका सचेतकहरुले संसदको बैठक अगाडि बढाउन सभामुखलाई दबाब दिदैँ आएका छन्। सभामुख घर्तीले बिहीबार ' १८ गतेदेखि एकैदिन संसदको दुई देखि तीन वटा बैठक बस्छन्' भन्दै आफु कडा हुने संकेत गरेकी छिन्।

संसद बैठक सभामुखले कहिले सूचना टाँस गर्दै त कहिले अवरोध पछिसार्दै आएकी छिन्। उनले चेयरबाट प्रक्रियामा अवरोध नगर्न आग्रह गर्दै आएकी छिन्। सभामुख घर्तीले शीर्ष नेताहरुसँग छुट्टाछुट्टै, तीन दलका शीर्ष नेताबीच र सात दलबीच छलफल राखेकी छिन्। तर अवरोध खुलाउने दिशामा प्रगति भएको छैन।

कसरी अगाडि बढिरहेछ त संसद?

के छ सभामुखको अबको कदम?


पटक-पटकको छलफलबाट पनि सहमति जुट्ने अवस्था नदेखेपछि सभामुख घर्तीले प्रमुख राजनीतिक दललाई तीन दिनको अल्टिमेटम दिएकी छिन्।
 
आउँदो संसद बैठक (पुस १८) अघि नै विवादित विषयमा सहमति नभए एउटामात्रै बैठक नराखिने सभामुखको भनाइ छ। 'सो समयभित्र उहाँहरुले सहमति गर्नुभएन भने १८ गते एक मात्र होइन ग्याप राखेर एकै दिन दुई-तीन वटा बैठक राख्नेछु,' उनले भनिन्, 'प्रमुख दलहरुलाई छलफल गर्नका लागि कार्यव्यवस्था परामर्श समितिमा पनि मैले भनिसकेको छु।'
  
उनको यो रणनीतिले झण्डै एक महिनादेखि संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका दलहरुलाई थकाउने योजना देखिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell