PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

​साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता बन्न तयार



पहिलोपोस्ट

​साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता बन्न तयार

चौथो साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार श्रीलंकासँग खेल्दैछ।

समूह ए मा यसअघिको दुवै खेल जितेको नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुग्ने योजनामा छ। नेपालले पहिलो खेलमा भुटानलाई ८-० र दोस्रो खेलमा माल्दिभ्सलाई ९-० ले हराएको थियो।

नेपालका प्रशिक्षक कुमार थापाले श्रीलंका विरुद्धको खेलमा आफुहरुलाई कुनै दबाब नरहेको र ढुक्कले खेल्ने बताएका छन्। 

यस्तै नकआउट राउण्डका लागि तयार रहन प्रशिक्षक थापाले टीममा खेल्न बाँकी रहेका खेलाडीलाई श्रीलंका विरुद्ध खेलाउने बताएका छन्। ५ दिनमा तीन खेल खेल्नु परेका कारण थापाले सेमिफाइनल खेल्नुअघि आफ्ना खेलाडीलाई तयार राख्न सबै खेलाडीलाई अवसर दिन लागेका हुन्। 

यसो भएको खण्डमा नेपाली टीमकी सबैभन्दा कान्छी सदस्य रहेकी गोलरक्षक अन्जना राना मगरले खेल्न पाउनेछिन्।

नेपाल र श्रीलंकाबीचको खेल शुक्रबार सिलगुरीस्थित कञ्चजंगा स्टेडियममा हुनेछ।

(फोटो : एन्फा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell