काठमाडौं : भुकम्पपछिको पुर्ननिर्माण चित्तबुझ्दो नभएको भन्दै सरकारले पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई स्पष्टीकरण दिन पत्र पठाएको छ ।
विहान बसेको मन्त्रिपरिषद्को स्पष्टीकरण सोध्ने निर्णय अनुसार ज्ञवालीलाई सरकारले बिहीबारनै पत्र पठाइसकेको छ । माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भए लगत्तै ज्ञवालीको कार्यशैली चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेनै अशन्तुष्टी जनाएका थिए।
ज्ञवाली एमाले सरकारको पालामा प्राधिकरणको सिइओमा नियुक्त भएका थिए।
सरकारले स्पष्टिकरण पत्र पठाएपछी ज्ञवालीले प्रेस नोट जारी गर्दै एक वर्षमा प्राधिकरणले आफ्ना कामहरु व्यवस्थित र योजनाबद्ध रुपमा अघि बढाएको उल्लेख गर्दै वस्तुस्थितिको यथार्थ चित्रण सहित पेश गरिने स्पष्टिकरणले प्राधिकरण तथा सम्बद्ध सरकारी निकायले गरेका तथा गर्नुपर्ने चुनौती र समस्याहरुको सम्बन्धमा थप स्पष्ट हुने तथा पुनर्निर्माण कार्यलाई अघि बढाउन थप सहयोग पुग्ने उल्लेख गरेका छन्।