
इटहरी : सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि विभागीय क्लबहरु एपीएफ र नेपाल आर्मी भिड्ने भएका छन्।
बिहिबार भएको दोस्रो सेमिफाइनलको बाकी खेलमा आर्मी मध्यमाञ्चललाई पेनालटी सुटआउटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो। बिहिबार भएको खेलमा आर्मी र मध्यमाञ्चलबीचको निर्धारित र अतिरिक्त समयमो खेल गोलरहित बराबरस्मा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। तर अँध्यारो भएपछि बुधबार पेनाल्टीसुटआउट हुन सकेन।
बिहिबार भएको निर्णायक प्रतिपर्धामा आर्मीले मध्यमाञ्चललाई सडनडेथमा ७-६ ले पराजित गरेको हो।
एपीएफले बुधबारमो पहिलो सेमिफाइनलमा नेपाल पुलिसलाई २-० ले हराउादै फाइनल प्रवेश गरेका हो।
फाइनल खेल शुक्रबार हुनेछ। यस्तै कास्य पदकको लागि बिहिबार भएको खेलमा पुलिसले मध्यमाञ्चललाई ४-३ गोल अन्तरले पराजित गरेको छ। एकै दिन मध्यमाञ्चलले दुई खेल हार्दा पुलिस कास्य पदक जित्न सफल भएको हो।