PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

​सातौं राष्ट्रिय खेलकुद : आर्मी टीम च्याम्पियन बन्ने पक्का, यस्तो छ पदक तालिका



पहिलोपोस्ट

​सातौं राष्ट्रिय खेलकुद : आर्मी टीम च्याम्पियन बन्ने पक्का, यस्तो छ पदक तालिका

काठमाडौं : पूर्वाञ्चलमा भइरहेको सातौं राष्ट्रिय खेलकुदमा विभागीय क्लब नेपाल आर्मी टीम च्याम्पियन बन्ने पक्का भएको छ। सातौं दिनको खेल समाप्तीमा आर्मी १०८ स्वर्णसहित शीर्ष स्थानमा छ।

अब एक दिनको मात्र खेल बाँकी छ र त्यसमा सबै पदक जितेपनि एपीएफ र पुलिसले आर्मीलाई भेट्ने छैन। १०८ स्वर्ण ६० रजत र ४३ कास्य गरी कूल २११ पदकका साथ आर्मी शीर्ष स्थानमा छ। 
 
सातौं दिनको समाप्तीसम्म शीर्ष तीन स्थानमा विभागीय क्लबकै दबदबा छ। २५० स्वर्णको छिनोफानो भइसक्दा दुई तिहाईभन्दा बढी स्वर्ण तीन विभागीय कलबले कब्जा गरिसकेका छन्। पछिल्ला तीन संस्करणमा पदक तालिकामा पहिलो भएको विकास क्षेत्रको टीम मध्यमाञ्चल सातौं खेलकुदमा भने चौथो स्थानमा झरेको छ।

अन्तिम दिन पुरुष फुटबल र क्रिकेटका फाइनल तथा तेस्रो स्थानको खेल हुनेछ। यस्तै चेस, जिम्न्यास्टि र ह्याण्डबलका बाँकी खेलहरु पनि हुनेछन्। सातौं राष्ट्रिय खेलकुदको समापन धरानमा हुनेछ।

सातौं दिनको समाप्तीपछि यस्तो छ पदक तालिका

स्रोत : राखेप


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell