PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

​चीन पुगेपछि टेभेज बने सबैभन्दा धेरै तलब पाउने खेलाडी, को को छन् शीर्ष दशमा?



पहिलोपोस्ट

​चीन पुगेपछि टेभेज बने सबैभन्दा धेरै तलब पाउने खेलाडी, को को छन् शीर्ष दशमा?

चिनिँया क्लबमा आबद्ध भएसँगै अर्जेन्टाइन स्टार कार्लोस टेभेज सबै भन्दा धेरै तलब पाउने खेलाडी बनेका छन्। 

आफ्नै बाल्यकालको क्लब बोका जुनियर्सबाट चिनियाँ क्लब शांघाई शेन्हुआमा अनुबन्धित भएपछि टेभेजले धेरै तलब पाउनेमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, पोग्वा जस्ता खेलाडीलाई पछि पारेका हुन्।

टेभेजलाई शेन्हुआले दुई वर्षका लागि अनुबन्ध गरेको हो। टेभेज यसअघि प्रिमियर लिगमा दुवै म्यानचेष्टर र वेष्टहमबाट खेलेका थिए भने इटालियन कलब युभेन्ट्स र ब्राजिलियन क्लब कोरियन्थियसबाट पनि खेलेका थिए।

अब टेभेजको प्रतिसाता तलब ६ लाख १५ हजार पाउण्ड हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। जुन रोनाल्डो र मेसीले प्रतिसाता पाउने तलब भन्दा झण्डै दोब्बरले बढी हो। टेभेजले एक वर्षमा अब ३१.९८ मिलियन पाउण्ड तलबका रुपमा पाउनेछन्।

यस्तै धेरै तलब पाउनेमा दोस्रो स्थानमा रहेका ब्राजिलियन खेलाडी ओस्कर पनि चिनियाँ क्लब शाँघाई एसआइपिजीमा अनुबन्ध भइसकेका छन्। उनको प्रतिसाता तलब ४ लाख पाउण्ड रहेको छ।

त्यसपछि क्रमश तेस्रो स्थानमा रहेका रोनाल्डो र मेसीले प्रतिसाता ३ लाख ६५ हजार तलब पाउनेछन्। धेरै तलब पाउने खेलाडीको शीर्ष दशको सूचीमा रहेका चार खेलाडी चिनिँया क्लबमा आबद्ध भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell