PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

​बढुवामा अशन्तुष्ट एसएसपीले फेसबुक मार्फत फर्काए प्रमाणपत्र



पहिलोपोस्ट

​बढुवामा अशन्तुष्ट एसएसपीले फेसबुक मार्फत फर्काए प्रमाणपत्र

काठमाण्डौं : एसएसपीबाट डिआइजीमा बढुवाहुँदा छुटेका एसएसपी लव विष्टले फेसबुक मार्फत २०७० मा पाएको प्रशंसा पत्र फिर्ता लिन संगठनलाई आग्रह गरेका छन्।

अन्तर क्षेत्रीय प्रहरी कार्यालय कार्यदक्षता मुल्यांकनमा उनी प्रमुख रहेको सेती सर्वोत्कृष्ट चयन भएपछि तत्कालिन प्रहरी प्रमुख कुवेर सिंह रानाले उनलाई प्रमाण पत्र दिएका थिए।

रिक्त ३ डिआइजीका लागी भएको बढुवा सिफारीसमा उनको नाम नपरेपछी उनी शनिबारबाट अवकास पाउँदैछन् । बढुवा पाएका तीन एसएसपी गणेश केसी,केदारमानसि‌ंह भण्डारी र रमेश भट्टराइले बुधबार दर्ज्यानी चिन्ह लगाइसकेका छन्। एसएसपी केसीकाबारेमा विवाद नभए पनि भण्डारी र भट्टराईको सिफारिसले स‌ंगठनमा अशन्तुष्टी बढाएको थियो।

उनले आफ्नो फेसबुक खातामा प्रमाणपत्र राखेर प्रहरी प्रमुखलाई सम्बोधन गर्दै प्रहरी मुल्यांकन कार्यमा काम नलाग्ने प्रमाण पत्र संगठनलाई नै फिर्ता गर्न चाहेको उल्लेख गर्दै फिर्ता गर्ने आवश्यक मिलाइदिन समेत आग्रह गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell