PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

अनशन प्रभाव : लुम्बिनी विकास कोषका सदस्यसचिव हटाइए



पहिलोपोस्ट

अनशन प्रभाव : लुम्बिनी विकास कोषका सदस्यसचिव हटाइए


लुम्बिनी : लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङलाई मन्त्रालयमा तान्ने निर्णयपछि आमरण अनशनमा बसेका कर्मचारीले अनशन तोडेका छन्।

तामाङको राजिनामा माग राख्दै आमरण अनशनमा बसेका कोषका कर्मचारी रवीन्द्रनाथ शुक्लाले अनशन तोडेका हुन्। उनी ११ दिनदेखि आमरण अनसनमा थिए । उनको माग सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले तामाङलाई मन्त्रालयमा तान्ने निर्णय गरेसँगै कर्मचारीले आन्दोलनका सबै कार्यक्रम समेत फिर्ता लिएका छन्।

मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि सदस्यसचिवको काम लुम्बिनी विकास कोषका उपाध्यक्ष सिद्धार्थ मर्हजन (भीक्षु निग्रोध) लाई दिने निर्णयसमेत गरेको छ ।  अन्य मागका सम्बन्धमा कोषका कार्यकारी समितिले टुङ्गो लगाउने गरी सहमति भएको कोषले जनाएको छ।

कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारीलाई असोज, कात्तिक र मङ्सिर महिनाको तलब तुरुन्त दिनुपर्ने, कर्मचारीहरुको बढुवालगायत अन्य सुविधाहरु प्रदान गरिनुपर्ने, कोषमा कार्यरत करार, सेवा करार तथा ज्यालादारी कर्मचारीलाई प्रक्रिया पुर्‌याएर स्थायी गरिनुपर्नेलगायत माग राख्दै कर्मचारीका तर्फवाट शुक्ला आमरण अनसन बसेका थिए ।
 रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell