PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

कुस्तीमा ६ स्वर्ण जित्दै मध्यमाञ्चल टीम च्याम्पियन, जिम्न्याष्टिकमा एपीएफलाई १० स्वर्ण



पहिलोपोस्ट

सातौं राष्ट्रिय खेलकुद–२०७३ अन्तर्गत कुस्तीमा मध्यमाञ्चलले बिहीबार सर्वाधिक ६ स्वर्ण जितेको छ। पुरुषतर्फ मात्र प्रतिस्पर्धा भएको कुस्तीमा ८ स्वर्णका लागि भिडन्त भएको थियो। जसमा पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलले १–१ स्वर्ण बाँडे।

सिराहमा भएको प्रतियोगिताको अन्तिम दिन ५७ केजीमा रामबाबु यादव, ६१ केजीमा जयमंगल यादव, ६५ केजीमा सरोजबाबु यादव, ७४ केजीमा मुक्तार आलम, ९७ केजीमा सुमिरकुमार साह तथा १२५ केजीमा सत्येन्द्रप्रसाद यादवले मध्यमाञ्चललाई स्वर्ण दिलाए। रामबाबुले पुलिसका भग्वत साह, जयले पश्चिमाञ्चलका श्याममिलन दूरी, सरोजले पूर्वाञ्चलका सुरेशकुमार यादव, मुक्तारले पश्चिमाञ्चलका मुनेश्वर यादव, सुमिरले मध्यपश्चिमाञ्चलका कमरुद्धिन मिया तथा सत्येन्द्रले पूर्वाञ्चलका नागेन्द्र यादवलाई पराजित गरे।

७० केजीमा पश्चिमाञ्चलका वैजनाथ यादवले पुलिसका दिपेश राउतलाई पराजित गरी स्वर्ण जिते। मध्यपश्चिमाञ्चलका रमेश गोतमेले पूर्वाञ्चलका विसनदेव यादवलाई निराश पार्दै ८६ केजीमा च्याम्पियन बने।

तीनदिनसम्म चलेको कुस्तीमा पाँच विकास क्षेत्र, पुलिस र आर्मीका  गरी ५५ खेलाडीले ८ स्वर्णका लागि प्रतिस्पर्धा गरेको कुस्ती मुख्य प्रशिक्षक खगेन्द्र बस्नेतले जनाए।

जिम्न्याष्टिकमा एपीएफलाई १० स्वर्ण
धुलाबारीको पासाङ ल्हामु कवर्ड हलमा बिहिबार सम्पन्न भएको जिम्न्यास्टिक प्रतियोगितामा विभागीय टीम एपीएफले १० स्वर्ण जितेको छ।
पुरुषतर्फ टीम इभेन्टसहित ७ र महिलातर्फ पनि टीम इभेन्टसहित ३ गरी एपीएफले कुल १० स्वर्ण जितेको हो।

पुरुषतर्फको भुई व्यायाममा राजु राई (एपीएफ) ले एपीएफकै उज्जवल तिवारीलाई हराए। मध्यमाञ्चलका त्रिदेव गिरीले कास्य जिते। पोमेल हर्षमा राजुले स्वर्ण, एपीएफकै रमेश श्रेष्ठले रजत र सुदुरपश्चिमका भक्तवहादुर चौधरीले कास्य जिते। रोमन रिङमा पनि राईले स्वर्ण, श्रीकृष्ण गर्वुजा (एपीएफ)ले रजत र सत्यनारायण मानन्धर (मध्यमाञ्चल)ले कास्य जिते।

पारलर वारमा राजुले स्वर्ण जित्दा विष्णु वाटा (एपीएफ)ले रजत र सत्यनारायण मानन्धर (मध्यमाञ्चल) ले कास्य जिते।

त्यस्तै राजुले अलराउन्ड च्याम्पियनमा स्वर्ण जित्दा उज्जवल तिवारी (मध्यमाचल) र भक्तवहादुर चौधरी (सुदुरपश्चिम) ले क्रमशः रजत र कास्य हात पारे।

पुरुषतर्फको मल्तिङमा भने उज्जवल तिवारी (मध्यमाञ्चल) ले स्वर्ण जिते। एपीएफका खेलाडीद्धय दिनेश सुनार र रमेश श्रेष्ठले क्रमशः रजत र कास्य पाए। पुरुष टिम इभेन्टमा एपीएफले स्वर्ण जित्यो। मध्यमाञ्चलले रजत र सुदुुरपश्चिमाञ्चलले कास्य जित्यो।

महिला तर्फको टिम इभेन्ट पनिमा एपीएफ नै चयामिपयन बन्यो। यसमा रजत मध्यमाञ्चल र कास्य सुदुपश्चिमले जित्यो। भल्टिक टेवलमा रेसिका श्रेष्ठ (एपीएफ) ले स्वर्ण जितिन्। तारा शिवाकोटी (मध्यमाञ्चल) र पिंकी झाङ (एपीएफ) ले रजत र सुनिता निरौला (एपीएफ) ले कास्य जिते।

भुँई व्यायाममा तीनै मेडल एपीएफले जित्यो। पिंकी झाङले स्वर्ण, रेसिका श्रेष्ठले रजत र सुनिता निरौलाले कास्य जितिन्।

अलराउन्डमा पनि तीनै मेडल एपीएफको पोल्टामा पर्यो। रेसिकाले स्वर्ण, पिंकीले रजत र सुनिताले कास्य जिते। विजेता टीमलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीलगायतले मेडल प्रदान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell