PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

​१५ औ नेशनल माउन्टेन बाइक च्याम्पियसिपको उपाधि बुद्धिबहादुर तामाङ र लक्ष्मी मगरलाई



पहिलोपोस्ट

​१५ औ नेशनल माउन्टेन बाइक च्याम्पियसिपको उपाधि बुद्धिबहादुर तामाङ र लक्ष्मी मगरलाई

धरान : सातौं राष्ट्रिय खेलकुदअन्तर्गत धरानमा सञ्चालन भएको १५ औ नेशनल माउन्टेन बाइक च्याम्पियसिपको खुल्ला पुरुषतर्फ नुवाकोटका बुद्धिबहादुर तामाङले प्रथम स्थान हासिल गरेका छन् भने महिलातर्फ लक्ष्मी मगरले प्रथम स्थान  हासिल गरेका छन्।

सातौं राष्ट्रिय खेलकुद अन्तर्गत माउन्टेन बाइक च्याम्पियसिप भएपनि यसको पदक गणना गरिने छैन।

तामाङले नाइन ल्याप (२७ किमी) को दूरी १ घण्टा २७ मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गरेका हुन्। लक्ष्मीले १ घण्टा १४ मिनेट २९ सेकेन्डमा निर्धारित दूरी १८ किमीको दूरी  पार गर्दै प्रथम स्थान हासिल गरे।

यसैगरी पुरुषतर्फ निर्धारित दूरी १ घण्टा २७ सेकेन्ड ४७ सेकेन्डमा पार गर्दै काठमाण्डौका नारायण गोपाल महर्जनले दोस्रो स्थान हात पारे भने सोही दुरी १ घण्टा ३३ मिनेट २४ सेकेन्डमा पार गर्दै काठमाण्डौकै राजकुमार श्रेष्ठले तेस्रो स्थान हात पारेका छन्।

धरान १४ विजयपुरमा भएको प्रतियोगिताको महिला खुल्लातर्फ निर्धारित दूरी १ घण्टा १७ मिनेट ३४ सेकेण्डमा पार गर्दै नेपाल आर्मीकी मञ्जुकुमारी खड्का ले दोस्रो तथा आर्मीकै पुष्पाकुमारी भण्डारीले १ घण्टा २० मिनेट २४ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हासिल गरेकी छन्।

यसैगरी पुरुष जुनियरतर्फ सिन्धुपाल्चोकका सुरज राना मगरले प्रथम स्थान हासिल गरेका छन्। उनले निर्धारित १८ किमीको साइकल यात्रा ५९ मिनेट २१ सेकेन्डमा पार गरेका थिए। यस्तै १ घण्टा १ मिनेटमा निर्धारित दूरी पार गर्दै काठमाण्डौका प्रचित थापा मगरले दोस्रो स्थान हात पारे भने सुनसरीका अनिष तामाङले तेस्रो स्थान हात पारेका छन्।

३० बर्ष माथिको पुरुषतर्फ रौतहटका विक्रम राईले निर्धारित दूरी १८ किमी १ घण्टा ११ मिनेट २४ सेकेण्डमा पार गर्दै प्रथम, प्युठानका दामोदर बुढा मगरले १ घण्टा ११ ३६ सेकेण्डमा पार गर्दै दोस्रो र विभागीय टिम शशस्त्र प्रहरीका आश नारायण चौधरीले १ घण्टा १३ मिनेट २४ सेकेण्डमा निर्धारित समय पार गर्दै तेस्रो स्थान हासिल गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell