PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

चीनले नेपाललाई दियो १५ अर्ब ७० करोड अनुदान



पहिलोपोस्ट

काठमाडौं : स्याफ्रुबेसी–रसुवागढी राजमार्गको स्तरोन्नति, सिभिल हस्पिटलको स्तरोन्नति र नेपाल–चीनबीच भूकम्पपछिको पुनःनिर्माणका लागि चीन सरकारले नेपाललाई १५ अर्ब ७० करोड आर्थिक सहायता दिएको छ ।
     
सो रकम स्याफ्रुबँेसी–रसुवागढी राजमार्गको स्तरोन्नति, सिभिल हस्पिटलको स्तरोन्नति र नेपाल–चीनबीच भूकम्पपछिको पुनःनिर्माणका लागि सम्झौता भएको परियोजनामा खर्च गरिने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

परियोजनाले चीनसँगको सम्पर्क सञ्जाल बिस्तार, पर्यटन, व्यापार, लगानी, स्वास्थ्य सेवामा पहुँच तथा भूकम्प प्रभावित क्षेत्रका जनताको जीवनस्तर सुधार ल्याउने अपेक्षा राखिएको छ ।

चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल र चीनका वाणिज्य उपमन्त्री झाङ चिआङ्चनविच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell