PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

​आगलागी पीडितलाई सैनिक श्रीमती संघद्वारा राहत प्रदान



पहिलोपोस्ट

पाँचथर : तेहथुमको सक्रान्तिमा भएको भीषण आगलागीका पीडितहरुलाई सैनिक श्रीमती संघले राहतस्वरुप खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ।

नेपाली सेनाको भैरवी दल गण फिदिमको संयोजनमा संघले सक्रान्ति बजार पुगेरै सहयोग गरेको हो । आगलागी पीडित ७३ परिवारलाई चामल, ज्याकेट र कम्बल बाँडिएको हो। 

श्रीमती संघीकी सदस्य पूजा पन्त र भैरवी दलका गणपति शिवराज पन्तले पीडितहरुलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । प्रत्येक परिवारलाई २५ केजीका दरले चामल, ९० थान ज्याकेट र ७८ थान कम्बल सहयोग गरिएको हो। 

आगलागीका समयमा फिदिमबाट गएको गणका सैनिक जवानहरुले आगो नियन्त्रणमा लिन महत्वपूर्ण सहयोग गरेको भन्दै स्थानीय बासिन्दाले प्रशंसा समेत गरेका थिए । बाँडिएको राहतले पीडितहरुलाई जाडोबाट बच्न सहयोग पुग्ने राहत व्यवस्थापन समितिका अध्यक्ष प्रेम पौडेलले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell