PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

जयललिताको उत्तराधिकारी शशिकला, 'अम्मा'को आगमन होला तामिलनाडूमा?



पहिलोपोस्ट

जयललिताको उत्तराधिकारी शशिकला, 'अम्मा'को आगमन होला तामिलनाडूमा?

नयाँदिल्ली : दक्षिण भारतको तामिलनाडू राज्यकी दिवङ्गत नेतृ तथा पूर्वमुख्यमन्त्री जयललिता जयाराम ‘अम्मा’को ठाउँमा अल इन्डिया अन्ना ड्रभिडा मुन्नेत्रा काजाघम पार्टीले उनकै निकट सहयोगी भीके शशिकलालाई उत्तराधिकारीका रूपमा ल्याउने निर्णय गरेको छ।
 
६८ वर्षीया अम्माको निधनले स्तब्ध पारेको दक्षिण भारतमा उनकै सहयोगी ‘सिनाम्मा’ (सानिआमा) लाई ल्याउन लागिएको उक्त पार्टीले ट्वीटमार्फत जानकारी गराएको छ।
 
सन् १९८० मा दुई महिलाबीच भेट भएको र तत्पश्चात उनीहरु निकट सहयोगीका रुपमा रहँदै आएका थिए।
 
शशिकलाले पार्टीले उनलाई आफ्नो मुख्य नेताका रुपमा अघि सार्नुपूर्व पार्टीमा आधिकारिक कुनै पद वा राज्य सरकारको कुनै पदमा रहेर काम गरेको अनुभव भने छैन।
 
तीन पटक मुख्यमन्त्री बनिसकेकी दिवङ्गत नेतृ जयललिताको जस्तो शशिकलामा पार्टी पंक्ति तथा दक्षिण भारतका जनताबीच ख्याति नभएकाले नेतृत्वमा पुगेपछि आफूलाई सक्षम सावित गर्न मेहनत गर्नुपर्ने भारतीय राजनीतिक विश्लेषकहरु बताउँछन्।रासस/एएफपी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell