PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

सुदूरपश्चिमका अग्रज साहित्यकार ओझा रहेनन्



पहिलोपोस्ट

सुदूरपश्चिमका अग्रज साहित्यकार ओझा रहेनन्

भीमदत्तनगर : सुदूरपश्चिमका अग्रज साहित्यकार आत्माराम ओझाको ८८ वर्षको उमेरमा आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा निधन भएको छ।
 
कञ्चनपुरको भीमदत्तनगरपालिका–६ निवासी साहित्यकार एवम् इतिहासकार ओझा सुदूरपश्चिममा २००६ सालमा ‘उसा अनिरुद्र नाट्य’ कृतिबाट साहित्य क्षेत्रमा प्रवेश गरेका थिए। उनको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको भीमदत्तनगरमा साहित्यकार हेमबाबु लेखकले बताए।
 
एक दर्जन कृतिका रचयिता साहित्यकार ओझाले सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कारसमेत प्राप्त गरेका थिए। त्यसैगरी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानका महासचिव टी एन जोशीले पनि साहित्यकार ओझाको निधनबाट साहित्य र संस्कृतिका क्षेत्रमा क्षति पुगेको अभिव्यक्तिसहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
 
‘सुदूरपश्चिम इतिहास परिचय’ ‘तिला’ र ‘राजा नागी मल्ल’ उनका प्रसिद्ध कृति हुन्। रासस
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell