PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

एक लाख रुपैयाँमा स्थापना गरियो 'प्रेस चौतारी पुरस्कार कोष'



पहिलोपोस्ट

इलाम : प्रेस चौतारी इलामले 'प्रेस चौतारी पुरस्कार कोष' स्थापना गरेको छ। प्रत्येक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्ने गरी रु एक लाखको उक्त कोष स्थापना गरिएको हो।
 
सोही कोषको ब्याजले चौतारीको स्थापना दिवसका अवसरमा जिल्लाका एक जना पत्रकारलाई पुरस्कृत गरिने अध्यक्ष कोकिला ढकालले जानकारी दिइन्।
 
कोषमा अहिले रु. ४३ हजार बैंकमा जम्मा गरिएको छ। चमैतास्थित सहिद रत्नकुमार वान्तवाको पुर्ख्यौली घरमा गत पुस १ गते आयोजना गरिएको श्रमदान कार्यक्रममा २६ हजार तथा विभिन्न दाताबाट सङ्कलित गरी रु ४३ हजार कोषका लागि बैंकमा जम्मा गरिएको अध्यक्ष ढकालले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell