PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

विराट-अनुष्काको इन्गेजमेन्ट नयाँवर्षमा, अमिताभ र अम्बानी परिवार सामेल हुने



पहिलोपोस्ट

विराट-अनुष्काको इन्गेजमेन्ट नयाँवर्षमा, अमिताभ र अम्बानी परिवार सामेल हुने

नयाँदिल्ली : क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माको फ्यानहरुलाई खुसीको खबर। विभिन्न आरोह र अवरोहबीच यी जोडी एक हुने हल्लाले फेरि एकपटक चर्चा बढाएको छ। नयाँवर्षको आगमनसँगै कोहली र अनुष्काले इनगेजमेन्ट हुने खबर भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन्।
 
हाल भारतको उत्तराखण्ड राज्यमा होलिडे मनाइरहेका यी जोडी नयाँवर्ष २०१७ कै दिन जनवरी १ मा इनगेजमेन्ट गर्ने तयारीमा रहेको उल्लेख छ। यी दुई लभ कपलले अनान्डा रिसोर्टमा क्वालिटी टाइम समेत बिताएका थिए।
 
इंगल्याण्ड विरुद्धको टेष्ट क्रिकेट सिरिज जितेका कोहली र फिल्मबाट ब्रेक लिएकी अनुष्का केही दिनअघि छुट्टीमा निस्केका थिए। उनीहरुले हरिद्वारस्थित आश्रममा आध्यात्मिक गुरु अनन्त महाराजसँग फोटो समेत खिचाएका छन्।
 
विराट र अनुष्काको इनगेजमेन्टमा बलिउड हस्ती अमिताभ बच्चन, उनकी पत्नी जयाका साथै विश्वकै धनाढ्य सूचीमा रहेको अनिल अम्बानी पनि सामेल हुने हिन्दुस्थान टाइम्सले जनाएको छ।
 
विराटलाई सुरुवातदेखि नै मन पराउने अनुष्काले भारतीय टेष्ट कप्तानसँगको रिलेसनसिपलाई कहिले पनि नकारेकी थिइनन्। कोहलीलाई समर्थन गर्न अनुष्का वान डे वर्ल्ड कप हुँदा हौसला दिन अष्ट्रेलियासम्म पुगेका थिइन् भने आइपिएलमा पनि रोयल च्यालेन्जर्स बैंगलोरको खेल हुँदा अनुष्का मैदानमै पुग्थिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell