PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

युवा संघका केन्द्रीय नेता बुढाथोकीमाथि खुकुरी हान्ने पाँच जना पक्राउ



सविन ढकाल

काठमाडौं : युवा संघका केन्द्रीय कमिटी सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
खुकुरी प्रहारको आरोपमा बाँके कोहलपुरका विमल सेन, सुरेश सुवेदी, नवीन शाही, सुरवीर मल्ल र विकास शाहीलाई पक्राउ गरिको बाँकेका डिएसपी सुरेश काफ्लेले पहिलोपोस्टलाई जानकारी दिए।
 
उनीहरुले किन बुढाथोकीमाथि खुकुरी प्रहार गरेको भन्नेबारे खुलिनसकेको र अनुसन्धान जारी रहेको काफ्लेले बताए।
 
खुकुरी प्रहार पर्ने मुख्य योजनाकार बाँकेका २४ बर्षिय लक्ष्मण मल्ल भने फरार रहेको प्रहरी दाबी छ।
 
बुढाथोकीमाथि बिहाबार राति ९ बजे बाँकेको कोहलपुरमा खुकुरी प्रहार भएको थियो। घाइते भएका बुढाथोकीको भारतको लखनउमा उपचार भइरहेको र उनको अवस्था सामान्य भएको डिएसपी काफ्लेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell