PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

दललाई 'डेट एक्सपायर्ड औषधि'सँग तुलना गर्दै बाबुरामको चेतावनी- 'न्याउरी मारी पछुतो होला'



पहिलोपोस्ट

दललाई 'डेट एक्सपायर्ड औषधि'सँग तुलना गर्दै बाबुरामको चेतावनी- 'न्याउरी मारी पछुतो होला'

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधानप्रति असन्तुष्ट रहेकाहरुलाई सहमतिमा ल्याउन दलहरु असफल भएको दाबी गरेका छन्। संविधानमा छुट्न गएको विषयलाई समावेश गरेर अघि बढ्नुपर्नेमा केही राजनीतिक दलका नेताहरु अझ पछि हट्न खोजिरहेको भट्टराईको आरोप छ।
 
आज एक अपिल जारी गर्दै संयोजक भट्टराईले संविधानमा रहेका अपूर्णतालाई पूरा गरेर अधिकतम स्वीकार्य बनाउन र लोकतन्त्रलाई अझ उन्नत बनाउनका लागि वैकल्पिक राजनीति निर्माणका लागि आग्रह पनि गरेका छन्। 'निराश भएर प्रतिगामी शक्तिलाई सहयोग गर्दा भोलि सबैलाई ‘न्याउरी मारी पछुतो’ हुन्छ। यसले कसैको क्षणिक स्वार्थ त पूरा गर्ला तर त्यो पनि कालान्तरमा ‘पिसाबको न्यानो’ सिद्ध हुनेछ,' उनले भनेका छन्‍।
 
लोकतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने उल्लेख गर्दै भट्टराईले सबैभन्दा पहिले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन्। राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र विविधताको सहभागिताका लागि पूर्ण समानुपातिक संसद् नै संसदीय व्यवस्थाको उत्तम विकल्प रहेको पनि उनले अपिलमा दोहोर्‍याएका छन्।
 
समय सिद्धिइसकेका पुराना औषधिझैं सबै हिसाबले पुराना र थोत्रा भइसकेका राजनीतिक शक्तिहरु अब किमार्थ विकल्प हुन नसक्ने तर्क पनि उनले गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell