PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

स‌ंविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव अस्वीकार्य : मधेसी मोर्चाले गर्‍यो ४ निर्णय



पहिलोपोस्ट

स‌ंविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव अस्वीकार्य : मधेसी मोर्चाले गर्‍यो ४ निर्णय

काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी घोषणा  गरिने कुनै पनि निर्वाचन अस्वीकार गर्ने निर्णय गरेको छ।
 
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा दुई दिनसम्म बसेको मोर्चाले आज बैठकका चार निर्णय सार्वजनिक गरेको हो। सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयक सहमतिका आधारमा परिमार्जन गर्न सकिने तर पारित नभएसम्म मोर्चाले कुनै निर्वाचन स्वीकार गर्न नसक्ने बताएको छ। सरकारले स्थानीय चुनावको तयारी गरिरहेको अवस्थामा मोर्चाको यस्तो निर्णय आएको हो।
 
संविधान जारी गर्दा नै असन्तुष्ट समूहलाई सम्बोधन गरी संविधान संशोधन गर्ने वाचा गरेको नेकपा एमालेले संसदमा गरिरहेको अवरोधलाई मोर्चाले 'असंसदीय क्रियाकलाप' भनेको छ।
 
स्थानीय निकाय पुनर्संरचना आयोगले समान जनसंख्याको आधारलाई बेवास्ता गर्दै प्रतिवेदन तयार गरेको भन्दै मोर्चाले असन्तुष्टि जनाएको छ। अपुरो र संविधानविपरीत तयार पारिएको प्रतिवेदन स्वीकार्य नभएको पनि मोर्चाले निर्णय गरेको छ।
  
यस्तै संसदमा दर्ता गराइएको संविधान संशोधन विधेयक परिमार्जन गरी पारित गर्नका लागि दबाब दिन मोर्चाले पुस १८ गते जिल्ला सदरमुकामहरुमा खबरदारी विरोध प्रदर्शन गर्ने पनि निर्णय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell