PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

लोकमानलाई मोसो दल्नेविरुद्ध सर्वोच्चले नै चलायो मानहानीको मुद्दा



पहिलोपोस्ट

लोकमानलाई मोसो दल्नेविरुद्ध सर्वोच्चले नै चलायो मानहानीको मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई मोसो दल्ने प्रवल शाही र चन्द्रबहादुर बुढाविरुद्ध सर्वोच्च अदालतले मानहानीको मुद्दा लगाएको छ।
 
पेसी बुझ्न सर्वोच्च अदालत पुगेका बेला उनीहरुले कार्कीलाई अदालत परिसरभित्रै मोसो दलेका थिए। सर्वोच्च अदालतको पत्रको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले दुवैलाई सार्वजनिक अपराध ऐन अन्तर्गगत हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको बेला सर्वोच्चले समेत उनीहरु विरुद्ध मानहानीको मुद्दा लगाएको हो। अदालतको परिसरभित्रै अशोभनीय कार्य गरेकोमा सर्वोच्चले पनि मुद्दा अगाडि बढाएको हो।
 
स्रोतका अनुसार मानहानी मुद्दामा बयानका लागि सर्वोच्चले शाही र बुढालाई आइतबार अदालतमा बोलाएको छ।
 
कार्कीविरुद्ध सर्वोच्चमा योग्यता सम्बन्धी मुद्दा चलिरहेको बेला पेसी बुझ्न गएका उनलाई पेसी बुझ्ने कोठामै शाही र बुढाले मोसो दलेका थिए।नेत्रविक्रम चन्द विप्लव नेतृत्वका माओवादी कार्यकर्ता रहेका दुवैले प्रहरी बयानमा पार्टीको नीति अनुसार आफुहरुले कार्कीलाई मोसो दलेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell