PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

२० महिना वितिसक्दा काभ्रेका भुकम्पपीडितले परिचयपत्र पाएनन्



पहिलोपोस्ट

काभ्रे: भूकम्प गएको २० महिना वितिसक्दा पनि पाँचखाल– ९ का भूकम्पपीडितले भूकम्पपिडित परिचयपत्र पाएका छैनन् ।
सो क्षेत्रका करिब ४० घरधुरीले परिचयपत्र नपाएको स्थानीयवासीको गुनासो छ । 

परिचयपत्रका लागि पुनः इन्जिनियर आएपनि आफ्नो नाम ननिस्किएको र गुनासो गराउँदासमेत राहत नमिलेको स्थानीय लक्ष्मीकुमारी दनुवारले बताए।

‘यो ठाउँका सबैको खान लाउनसमेत नपुग्ने अवस्था छ ।’ दनुवारले भने, ‘आफ्नो पनि तीनजना परिवारको आर्थिक अवस्था राम्रो छैन। यहाँका प्रायः सबै स्थानीयवासी अरुकै जग्गामा टहरा हालेर बस्न बाध्य छन् ।’
 
आफ्नो आयस्रोतको प्रमुख माध्यम नै खेतीपाती रहेको र खेतीपातीबाट छ महिनालाई समेत खान नपुग्ने अवस्था रहेको त्यहाँका अर्का स्थानीयवासी राजिव दनुवारले बताए।

पिछडिएका दनुवार समुदायको बसोवास अधिक रहेको सो स्थानका इन्द्रमाया दनुवार, बेली दनुवार, सविन दनुवार, मानबहादुर दनुवार, धनबहादुर दनुवार, अम्बिका दनुवारलगायतका परिवारले भूकम्पपीडित परिचयपत्र नपाउनुका साथ हालसम्म कुनै पनि राहत समेत नपाएको उनीहरुको गुनासो छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell