PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​भैरहवामा विशेष सुरक्षा योजना ल्याउँदै प्रहरी हेडक्वाटर



पहिलोपोस्ट

​भैरहवामा विशेष सुरक्षा योजना ल्याउँदै प्रहरी हेडक्वाटर

लुम्बिनी: एकपछि अर्को गम्भिर प्रकृतीके आपराधीक घटना भएपछि प्रहरी प्रधान कार्यालयले भैरहवा क्षेत्रमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।

युवा संघ नेपाल रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारी हत्यापछि सो क्षेत्रका व्यवसायीले असुरक्षा बढेको भन्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग गुनासो गरेपछि उनले भैरहवा क्षेत्रका लागि तत्कालै विशेष सुरक्षा योजना बनाउने बताएका हुन्।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाले आयोजना गरेको कार्यक्रममा भाग लिन उनी भैरहवा पुगेका थिए। व्यवसायीहरुसँगको भेटमा उनले एक साताभित्र विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याउने आश्वासन दिएका हुन्।

उनले विशेष सुरक्षा योजनाको खाका तयार गर्न लुम्बिनी अञ्चल प्रमुख एसएसपी शेरबहादुर बस्नेतलाई निर्देशन दिएका थिए।
उनले सल्बलाउन खोजेको आपराधिक गिरोहको टाउको निमोठेरै छाड्ने दावी गरेका थिए।
रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell