PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

राजधानीमा सरकारी गाडीमाथि आगजनी, अर्कोमा तोडफोड



पहिलोपोस्ट

राजधानीमा सरकारी गाडीमाथि आगजनी, अर्कोमा तोडफोड

काठमाडौं : नयाँ बानेश्वरमा बा २ झ १३९२ नम्बरको सरकारी गाडीमा आगो लगाइएको छ।

शुक्रबार दिउँसो बानेश्वरको अल्फाविटा अगाडि रोकिराखेको गाडीमा आगो लागेको महानगरीय प्रहरी बृत्त बानेश्वरका डिएसपी नारायण चिमरियाले पहिलोपोस्टलाई जानकारी दिएका छन्।

आगो कसले लगाएको भन्नेबारे अहिले केही खुलेको छैन। त्यस्तै बा २ झ १०५५ नम्वरको गाडीमा पनि तोडफोड गरिएको छ।

नेत्रविक्रम चन्द विप्लव समूहले आजैका लागि घोषणा गरेको चक्काजाम भने फिर्ता गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell