PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

​पुरुष फुटबल : आर्मीलाई हराउँदै एपीएफले जित्यो स्वर्ण



पहिलोपोस्ट

​पुरुष फुटबल : आर्मीलाई हराउँदै एपीएफले जित्यो स्वर्ण

अन्जल विष्टले दुई गोल गरेपछि एपीएफले नेपाल आर्मीलाई हराउँदै सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण जितेको छ।

धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको विभागीय डर्बी भिडन्तमा एपीएफले आर्मीलाई २-० ले पराजित गरेको हो। जितसँगै एपीएफले स्वर्ण जित्दा आर्मीले रजतमा चित्त बुझायो।

यसअघि नै अर्को विभागीय क्लब नेपाल पुलिसले मध्यमाञ्चललाई हराउँदै कास्य जितिसकेको छ।

एपीएफको जितमा दुवै गोल अन्जन विष्टले पहिलो हाफमा गरे। उनले दुवै गोल दायाँ साइडबाट सेकेण्ड बारमा गरेका थिए। दुवै प्रहारमा आर्मीका गोलरक्षक विकेश कुथुले कुनै मौका नै पाएनन्। 

अन्जनले दुवै गोल एकै शैलीमा लङ रेन्जबाट गरेका हुन्। यस अघि समूह चरणको खेलमा दुवैले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए। आर्मी समूह बी को विजेता तथा एपीएफ उपविजेता बन्दैसेमिफाइनल प्रवेश गरेका थिए।

सेमिफाइनलमा एपीएफले नेपाल पुलिसलाई अतिरिक्त समयमा हराएको थियो भने आर्मीले मध्यमाञ्चललाई सडनडेथमा पराजित गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell