PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

तराइमा सेनाको अभियान : आगो बाल्ने, चिया खुवाउने



पहिलोपोस्ट

तराइमा सेनाको अभियान : आगो बाल्ने, चिया खुवाउने

गौशाला :चिसोबाट कठ्याङ्ग्रिएका महेत्तरीवासीलाई जाडो छल्न सघाउन नेपाली सेनाले आगो बाल्ने र चिया खुवाउन थालेको छ। चार दिनदेखि बढेको जाडो छल्न सघाउन उसले महोत्तरीको सदरमुकाम जलेश्वरमा शुक्रबारबाट आगो र चियाको व्यवस्था गरेको हो। 

नेपाली सेनाका फस्ट राइफल गणले जलेश्वरको मटिहानीचौक, दुर्गाचोक र शङ्करचौकमा दाउरा बालेका छन् । तीनवटै स्थानमा सेनाले निःशुल्क चियाको व्यवस्था गरेको गणका गणपति युवधिरमान सिंह अधिकारीले बताए।

केहि दिनदेखि जिल्लामा बाक्लो हुस्सु, शीतलहर र चिसो हावाले जाडो बढाएको छ।
रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell