PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

​एमाले नमाने अवरोधकैविच विधेयक अगाडि बढाउन कांग्रेस–मोर्चा सहमत



रमेश वाग्ले

​एमाले नमाने अवरोधकैविच विधेयक अगाडि बढाउन कांग्रेस–मोर्चा सहमत

काठमाडौं : नेपाली कांग्रेस र मधेसी मोर्चाविच भएको छलफलमा एमालेले संसदमा जारी अवरोध नहटाए पनि संविधान संशोधन र निर्वाचन सम्बन्धि विधेयक अगाडि बढाउने समती भएको छ।

कांग्रेस संसदिय दलको कार्यालयमा भएको छलफलमा पहिला संसदको गतिरोध हटाउन एमालेसँग  वार्ता गर्ने र वार्तामा दुबै विधेयक पेश गर्न दिने वातावरण नबने अवरोधकैविचमा भए पनि अगाडि बढ्ने दुबैपक्षविच सहमती भएको हो। 

दुबै विधेयक संसदमा पेश भएपछी निर्वाचनको मिति घोषणा गर्न मोर्चा सहमत भएको छ। 

फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले विधेयक संसदमा पेश भएपछी निर्वाचनमा जान मोर्चा सकारात्मक भएको बताए। उनले कांग्रेसले विधेयक अगाडि बढ्नेमा विश्वासलाग्दो कुरा गरे पनि विधेयक पेश नगरेसम्म विश्वासको वातावरण बन्न नसक्ने बताए। 

‘२०७४ माघभित्र निर्वाचन गर्नुपर्ने बाध्यता हामीले पनि बुझेका छौं’ उनले भने‘ तर विधेयक पेश नगरेसम्म सहमती जनाउन सक्दैनौं।’

कांग्रेस केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले एमालेसँग छलफल गर्ने र छलफलमा विधेयक पेश गर्न नदिए अवरोधकाविचमा पनि पेश गर्ने सहमती भएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell