PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

​सातौं राष्ट्रिय खेलकुद सकियो, आठौं दुई वर्षपछि मध्य पश्चिममा हुने



पहिलोपोस्ट

​सातौं राष्ट्रिय खेलकुद सकियो, आठौं दुई वर्षपछि मध्य पश्चिममा हुने

काठमाडौं : भौतिक पूर्वाधारको अभाव, खेलाडीलाई खेल सामाग्रीको अभाव र केही विवादकाबीच अघिल्लो शुक्रबारबाट सूरु भएको सातौं राष्ट्रिय खेलकुदको आज समापन भएको छ। 

धरानस्थित एन्फा टेक्निकल सेन्टरमा आयोजित समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष भिम ओलीलाई आठौंको झण्डा हस्तानतरण गर्दै समापन भएको हो। अब आठौं बृहत खेलकुद विस २०७५ मा मध्यपश्चिममा हुने तय गरिएको छ। 

समापन समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुनले राष्ट्रिय खेलकुद नेपाली खेलाडी र खेलसम्बन्धीत पदाधिकारीका लागि ठुलो उत्सव भएको र आफ्नो क्षमता र प्रतिभा राष्टलाई देखाउने एउटा ठुलो पर्व भएको बताए।

खेलकुद मानविय विकास, भाइचार कायम गर्न, समाजमा शान्ती कायम गर्न अन्तर्राष्ट्रिय जगतमा देशको पहिचान कायम गर्ने माध्यम भएको पुनले बताए। 'स्वास्थ्यको लागि खेलिने, पहिचानको लागि खेलिने खेलकुद राष्ट्रिय एकतासँग पनि जोडिएको छ।'

उनले खेलाडीको अर्को नाम अनुशासन रहेको समेत बताए। 'कित त फौज अनुशासित हुन्छ कि त खेलाडी अनुशासित फौजले मात्र लडाँई जित्छ र अनुशासित खेलाडीले मात्र खेल जित्छ।'

यस्तै पुनले समयमै राष्ट्रिय खेलकुद हुन नसक्दा भएका प्रतिभा र नयाँ आउने प्रतिभा हराएर जाने बताए। 'एउटा खेलाडी उत्कृष्ट फर्ममा भएको बेला खेलकुद प्रतियोगिता हुँदा नसक्दा त्यस्ता प्रतिभा मरेर जान्छन। यो राष्ट्रको लागि ठुलो घाटा हो। म आगामी दिनमा समयमै राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सम्बन्धीत सबैलाई आग्रह गर्छु।'

'अबदेखि निर्धारित समयमै खेलकुद गर्नुपर्छ। कुनै पनि बहानामा आठौं गर्न ढिलाई गर्नुहुँदैन।' 

यस्तै युवा तथा खेलकुद मन्त्री दलजित विक श्रीपालीले केही कमी कमजोरी का बावुजत पनि सातौं खेलकुद सम्पन्न गर्नुलाई खेलकुद इतिहासमा आइसब्रेक भएको बताए। 'अब १३ औं साग आयोजना गर्नु छ। खेल विकासको लागि सरकार लागिपरेको छ। ध्यानआकर्षन पनि भएको छ। अब हामी नमिलेर मात्र हुँदैन। सबैजना मिलेर अगाडी बढ्नुपर्छ।'

राखेप सदस्यसचिव केशव कुमार विष्टले सातौं राष्ट्रिय खेलकुद अहिलेसम्मका सबैभन्दा व्यवस्थित, सहजता पूर्वक र निर्विवाद रुपमा सम्पन्न भएको दावी गरे। तर उनले गरेको दावी ८ दिनसम्म पूर्वाञ्चलका विभिन्न जिल्लभामा भएको खेलकुद प्रतियोगिताले गलत सावित गरिसकेको छ। 

खेल खेल्ने पूर्वाधारको अभाव, खेलाडीले लगाउने जुत्ताको अभाव, तोकिएके भत्ता उपलब्ध नगराउनु, पदक विजेता खेलाडीलाई समयमै नगद पुरस्कार प्रदान नगर्नु जस्ता विषयले विष्ट आलोचित बनिरहेको थिए।

यस पटक स्वर्ण जित्ने खेलाडीलाई १५ हजार टीम इभेन्टमा स्वर्ण जित्नेलाई १० हजार नगद दिने घोषणा गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell