PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

८४ लाख रुपै‌ंया र ११ लाखको चेक सहित चिनियाँ नागरिक पक्राउ



पहिलोपोस्ट

काठमाडौं : ८४ लाख रुपै‌याँ र ११ लाखको चेक सहित चिनियाँ नागरिक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसको टोलीले ज्याठाको एक होटलमा छापा मारेर चिनियाँ नागरिक झ्यो यु र उनको सहयोगीको आरोपमा नेपाली नागरिक प्रल्हाद गोतमलाई पक्राउ गरेको हो।

काठमाडौं परिसरका एसपी प्रद्युम्न कार्कीका अनुसार हुण्डी कारोबार भएको आशंकामा छापा मार्दा पैसा फेला परेपछि नियन्त्रणमा लिइएको हो। पैसाको स्रोतबारे छानबिन भइरहेको उनले पहिलोपोस्टलाई जानकारी दिए।

महानगरीय प्रहरी बृत्त सोर्‌हखुट्टेका डिएसपी सोमेन्द्रसिंह राठौरका अनुसार होटलमा बसेर हुन्डिको पैसा संकलन गरिरहेको सूचनाको आधारमा छापा मार्दा पैसा र चेक फेला परेको हो। चेक राजिव गौतमको नाममा रहेकाले प्रहरीले उनको समेत खोजी शुरु गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell