काठमाडौं: गायक तथा संगितकार सुराच प्रसाईको गीत 'बन्छ नेपाल' सार्वजनिक भएको छ। काठमाडौंमा शुक्रबार कार्यक्रम आयोजना गरी प्रसाईले एल्बम सार्वजनिक गरेका हुन्।
संगितकार राजु सिंह र म्युजिक एरेन्जर राहुल प्रधानको उपस्थिती बिच एल्बम सार्वजनिक भयो। भिडियो सहित सार्वजनिक भएको गीतको भिडियोलाई बिभोर पोखरेलले निर्देशन गरेका हुन्। गीतमा संगीत र शब्द गायक प्रसाईंकै रहेको छ।
गीत सार्वजनिक कार्यक्रममा गायक प्रसाईले भूकम्पका बेला आफूले गीतको शब्द रचना गरेको बताए। 'भूकम्पपछि सबै सेल्फ सेन्ट्रिक भए कि भन्ने लाग्यो, त्यहि भएर गीत लेखेको हुँ', उनले भने, 'मन दुखेको बेला लेखेको गीत हो।'
गायकले आफ्नो एल्बम 'जिन्दगी'मा सो गीत समावेश गरेका हुन्। भने,'यो गीत राष्ट्र गीत हो। स्रोताले मन पराउनु हुन्छ भन्ने आश।'