PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

​सातौं राष्ट्रिय खेलकुदको अन्तिम पदक तालिका, आर्मी ११३ स्वर्णसहित टीम च्याम्पियन



पहिलोपोस्ट

​सातौं राष्ट्रिय खेलकुदको अन्तिम पदक तालिका, आर्मी ११३ स्वर्णसहित टीम च्याम्पियन

काठमाडौं : पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा विभागीय क्लब नेपाल आर्मी ११३ स्वर्णसहित कूल २२४ पदक जित्दै टीम च्याम्पियन बनेको छ।

पहिलो पटक बृहत खेलकुदमा च्याम्पियन बन्ने क्रममा आर्मीले दुई विभागीय क्लब र यसअघिको च्यापियन मध्यमाञ्चल विकास क्षेत्रलाई पछि पार्‌यो।
मार्सल आर्ट्सका विभिन्न खेलमा वर्चस्व जमाएको आर्मीले ११३ स्वर्ण, ६४ रजत, ४८ कास्य सहित २२५ पदक जित्यो।

यस्तै शसस्त्र प्रहरी बलको एपीएफ ५० स्वर्ण, ४८ रजत, ५८ कास्य सहित कूल १५६ पदक जितेर दोस्रो भयो। तेस्रो भएको नेपाल पुलिसले ४० स्वर्ण, ३८ रजत र ४१ कास्यसहित कूल ११९ पदक जित्यो।

छैटौ खेलकुदमा च्याम्पियन बनेको मध्यमाञ्चल यो पटक ३३ स्वर्ण, ५१ रजत, ५७ कास्य सहित १४१ पदक जितेर चौथो स्थानमा खुम्चियो। मध्यपश्चिमाञ्चल ९ स्वर्ण जित्दै पाँचौ तथा ८ स्वर्ण जितेको पश्चिमाञ्चल छैटौ भयो।

पहिलो पटक बृहत खेलकुद आयोजना गरेको पूर्वाञ्चल ६ स्वर्ण जित्दै सातौं नै हुँदा सुदूर पश्चिम ४ स्वर्ण जितेर अन्तिम स्थानमा रह्यो।

(स्रोत राखेप)


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell