PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​सातौं राष्ट्रिय खेलकुद समापन समारोहको ७ फोटा

​सातौं राष्ट्रिय खेलकुद समापन समारोहको ७ फोटा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : २०७५ सालमा आठौं राष्ट्रिय खेलकुदका लागि मध्यपश्चिममा भेट्ने वाचासहित सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा शुक्रबारबाट सकिएको छ।

धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको समापन समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुनको उपस्थिती थियो। यस्तै सोही मैदानमा पुरषतर्फको फुटबल फाइनल खेल पनि सम्पन्न भयो। जहाँ एपीएफले आर्मीलाई हराउँदै स्वर्ण जित्यो। 

यस्तै फुटबल खेलको मध्यान्तरमा सामूहिक र एकल नृत्य प्रस्तुत गरिएको थियो भने खेल सकिएपछि नेपाल आर्मीले खुकुरी नृत्य प्रस्तुत गरेका थिए।

राष्ट्रिय खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशव कुमार विष्टले पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष भिम ओलीलाई आठौं राष्ट्रिय खेलकुद २०७५ को झण्डा हस्तानतरण गरेसँगै सातौं औपचारिक रुपमा समाप्त भयो।

समापन समारोहका झलक :
फोटोहरु रासस र राखेप


ट्रेन्डिङ पोस्ट

Ncell