PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

कांग्रेसमा किस्ता किस्तामा केन्द्रीय सदस्य



पहिलोपोस्ट

कांग्रेसमा किस्ता किस्तामा केन्द्रीय सदस्य

काठमाण्डौं : कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वकेन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
१३ अौ महाधिवेशन अघिसम्म कोइराला क्याम्पमा रहेका जोशी महाधिवेसनको केहिदिन अघि देउवा क्याम्पमा प्रवेश गरेका थिए।
 
देउवाकै सल्लाहमा केन्द्रीय सदस्यमा उम्मेद्वारी नदिएका जोशी महाधिवेसनको ९ महिना पछि शुक्ररबारबाट केन्द्रीय सदस्य भएका छन्।
 
जोशीसँगसँगै कोइराला क्यम्प छोडेर देउवा क्याम्प छिरेका मानबहादुर विश्वकर्मा र फरमुल्लाह मन्सुर महाधिवेसनबाटै  केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
 
८५ सदस्यीय केन्द्रीय समितिको व्यवस्था रहेको कांग्रेसको विधानले २१ सदस्य मनोनित हुने व्यवस्था गरेको छ। पधाधिकारी, केन्द्रीय सदस्य मनोनयन देखि, पार्टीका विभिन्न समिति र विभागहरू २ महिनाभित्र गठन गरिसक्नुपर्ने विधानको व्यवस्था रहेपनि देउवाले ९ महिनामा १२ केन्द्रीय सदस्य मनोनयन मात्र गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell