काठमाडौं : लागुऔषध नोफिन तीन हजार एम्पुल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको नागढुंगाबाट सो परिमाणको लागुऔषध सहित रोतहट वसन्तपट्टी-१ का सरोजप्रसाद पटेल पक्राउ परेका हुन्। उनीबारे अनुसन्धान भइरहेको महानगरी प्रहरी परिसर काठमाडौंका एसपी प्रधुम्न कार्कीले बताए।