PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

माछा मार्दा करेन्टबाट युवकको मृत्यु, पानी तान्ने मोटरमा तार जोड्दा वृद्धको ज्यान गयो



पहिलोपोस्ट

इलाम : करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँ करेन्ट लागेर मृत्यु भएको छ।
 
महमाई खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
 
यस्तै नुहाउनका लागि पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर र कञ्चनपुर, भीमदत्त नगरपालिका–८ मटेनाका ६३ वर्षीय धर्मानन्द पन्तको पनि मृत्यु भएको छ ।
 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तार जोड्ने क्रममा पन्तलाई करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो। घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बम नेतृत्वको टोली घटनास्थल पुगेको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell