PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

अपांगता भएकी किशोरीको जलेर मृत्यु



पहिलोपोस्ट

सिन्धुली : अपाङ्गता भएकी एक किशोरीको जलेर मृत्यु भएको छ।
 
घरमै भएको आगलागीमा परी दुवै गोडा चलाउन नसक्ने १५ वर्षीया जानुका सुनुवारको ज्यान गएको हो।
 
बस्तीपुर–३ का ठगेन्द्रबहादुर सुनवारका घरमा शुक्रबार दिउँसो सौर्यबत्तीको ब्याट्री पड्कँदा आगलागी भएर घर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell