PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

उपभोक्तालाई थप राहत, आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् आउने



पहिलोपोस्ट

उपभोक्तालाई थप राहत, आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् आउने

काठमाडौँ : भारतबाट आइतबारदेखि थप ४० मेगावाट विद्युत् आउने भएको छ।
 
भारतबाट हाल आयात भइरहेको ८० मेगावाटका अतिरिक्त ४० मेगावाट समेत गरी १२० मेगावाट विद्युत् ढल्केबर– मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट आयात गरिने भएको हो।
 
ऊर्जामन्त्री जनार्दन शर्मा तथा भारतीय ऊर्जा राज्यमन्त्री पियूष गोयलबीच शुक्रबार साँझ भएको टेलिफोन वार्तामार्फत विद्युत् आयात गर्ने कुरा तय भएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए।
 
यस्तै आगामी माघ १७ गतेदेखि सोही प्रसारण लाइनबाट थप ४० मेगावाट विद्युत् समेत आयात गरिनेछ। टेलिफोन वार्तामा टनकपुर विन्दुबाट समेत थप १५ मेगावाट आयात गरिने र  प्रसारण लाइन मर्मतसम्भारका लागि इआरएस टावर भारतबाट खरिद गरिने सहमति भएको प्रवक्ता घिमिरेले जानकारी दिए।
 
सहमतिअनुरुपको विद्युत् आयातपछि नेपालले भारतबाट आयात गर्ने विद्युतको परिमाण करिब तीन सय ८० मेगावाट पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell