PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

गोरखा पुगेर गृहमन्त्रीको निर्देशन- 'जुनसुकै बेला निर्वाचन मिति घोषणा हुन सक्छ, तयार रहनुस्'



पहिलोपोस्ट

गोरखा पुगेर गृहमन्त्रीको निर्देशन- 'जुनसुकै बेला निर्वाचन मिति घोषणा हुन सक्छ, तयार रहनुस्'

गोरखा : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले जुनसुकै बेला स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सङ्केत गर्दै निर्वाचनका लागि तयारी अवस्थामा रहन गोरखाका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन्।
 
कार्यालय प्रमुखसँग गरिएको अन्तरक्रियामा गृहमन्त्री निधिले स्थानीय तह वा निकाय जेमा राजनीतिक दलहरुबीच सहमति हुन्छ त्यसैको निर्वाचन गर्नेगरी सरकारले मिति घोषणा गर्ने बताए। आउँदो चैत मसान्तदेखि वैशाख दोस्रो साताभित्रमा स्थानीय तह वा निकायको निर्वाचन गरिसक्ने उनको भनाइ छ।
 
'संसद्बाट संविधान संशोधन पारित गरेपछि निर्वाचनको मिति घोषणा हुन्छ,' उनले भने, 'निर्वाचन कार्यालयहरुले मतदाता नामावली अद्यावधिक गर्नुहोला।'
 
‘गोरखा भूकम्प’ले क्षति पुर्‍याएका निजी घर तथा सार्वजानिक भवन पुनःनिर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै मन्त्री निधिले निजी घर बनाउन अनुदान पाउन छुटेका भूकम्पपीडितलाई छिटो अनुदान दिइने प्रतिबद्धता पनि जनाए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell