PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

फरहान-श्रद्धाको प्रेम कहानीमा शक्ति कपुर भिलेन, फरहानको घरबाट लछार्दै लगे छोरी



पहिलोपोस्ट

फरहान-श्रद्धाको प्रेम कहानीमा शक्ति कपुर भिलेन, फरहानको घरबाट लछार्दै लगे छोरी

मुम्बई : बलिउड नायिका श्रद्धा कपुरको लिंकअप र ब्रेकअपको खबर त पटकपटक आएकै थियो तर यसपटक भने उनका कारण फरहान अख्तरको घरमा हाइभोल्टेज ड्रामा समेत भयो।
 
स्पटब्वाय डटकमका अनुसार श्रद्धा कपुर र फरहान अख्तरबीचको लिंकअपको समाचार 'रकअन २' देखि आइरहेको थियो। बलिउडमा फिल्म रिलिज हुनासाथ यस्तो समाचार आउनु सामान्य मानिन्छ। यस्तो समाचारमा केहीले विश्वास गर्छन् केहीले विश्वास गर्दैनन्।
 
यी दुईको रकअन फ्लप रह्यो तर उनीहरुको लभ स्टोरी भने हिट भएको छ। श्रद्धा फरहानको प्रेममा यसरी परिन्, उनी फरहानको घरमै लिभइन रिलेशनमा बस्न थालिन्।
 
केही दिनसम्म त श्रद्धा अनेक बहानामा फरहानको घरमा बसिसकेकी थिइन्। तर यो खबर उनका पिता शक्ति कपुरले थाहा पाए। यसपछि उनी गत आइतबार फरहानको घर पुगे। उनले त्यहाँ पुगेर आफ्नो भिलेन रुप देखाए।
 
शक्तिसँग श्रद्धाकी फुपू पद्मिनी कोल्हपुरी पनि थिइन्। शक्तिले त्यहीँबाट श्रद्धाको हात समातेर घर लिएर आए। श्रद्धाको यो निर्णयले कपुर परिवारमा ठूलै विपत्ति निम्त्याएको छ।
 
फरहानले गत वर्ष मात्रै श्रीमती अधुनासँग डिभोर्स गरेका थिए। उनी दुई बच्चाका बाबु समेत हुन्।
 
श्रद्धालाई सधैँ आदित्य रोय कपुरसँग जोडिँदै आइएको थियो। उनीहरु दुवै जना विदेशमा सँगै बिदा पनि मनाउने गरेका थिए। दुवैको फिल्म ओके जानु १३ जनवरीमा रिलिज हुँदैछ। तर आदित्यलाई ओके जानु नभनेर फरहानलाई ओके जानु भन्दा श्रद्धा उनीसँगै लिभ इन रिलेसनमा बस्नुलाई बलिउडका धेरैले आश्चर्य समेत मानेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell