लन्डन : सिनेमा 'ह्याप्पी डेज' छायांकन बेलायतमा सकिएको छ। निर्माता एवं निर्देशक मिलन चाम्सका अनुसार ४५ दिन लामो सुटिङ लन्डनमा सकिएको हो। इंग्ल्यान्ड, वेल्स र स्कटल्यान्डमा फिल्मांकन गरियो।
छायांकनपछि कास्ट एन्ड क्रिउ स्वदेश फर्किएका छन्। अभिनेत्री प्रियंका कार्की भने लन्डनबाटै न्युयोर्क उडिन्। निर्देशक चाम्स नेपाल फर्किएर सृष्टि केसीमाथिको बायोपिक सिनेमा ब्लाइन्ड रक्समा व्यस्त हुनेछन्।
ह्याप्पी डेजको निर्माणमा कुनै सम्झौता नगरेको चाम्सले बताए। उनले सपन इन्टरटेनमेन्टले पनि निर्माणमा टीमअप गरेको जनाए। यो सोसल ड्रामा सिनेमाले बेलायती आइडीवाली केटीका लागि हुने दुई नेपाली ठिटाहरुको संघर्ष पेश गर्छ।
दयाहाङ राई, प्रियंका, संजय गुप्ता, विक्की जोशी, मोनिका गुरुङ, रुपा राना, रितेश चाम्स, जेन बकल, हुप थापा लगायतको अभिनय छ। बिपी खनालको प्रस्तुति, भवानी शर्मा, हिराल जोशी र चाम्सको निर्माण छ। चाम्स इन्टरटेनमेन्ट ब्यानरमा सिनेमा बनेको हो।