PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

आफ्नै श्रीमतीको योजनामा ग्रिसेली राजदूतको हत्या



पहिलोपोस्ट

आफ्नै श्रीमतीको योजनामा ग्रिसेली राजदूतको हत्या

ब्राजिलका लागि ग्रिसका राजदूत किरीआकोस अमरिदिसको हत्या उनकै श्रीमती फ्राँस्वाको योजनामा भएको प्रहरीले सार्वजनिक गरेको छ। श्रीमतीको योजनामा उनको प्रेमीले अमरिदिसलाई घरमै हत्या गरेको र हत्यामा तीन जना संलग्न देखिएको ब्राजिलका स्थानिय प्रहरीले दाबी गरेका छन्।
 
प्रहरीको दाबी अनुसार अमरिदिसकी श्रीमतीलाई स्थानीय अधिकृत सेर्गिओ मोरेरियाले हत्यामा सघाएका थिए। उनी फ्राँस्वाकी प्रेमी हुन्। तेस्रो व्यक्तिले शव कारमा राखेर बाहिर लगी फ्लाइओभर मुनि जलाएको प्रहरीको दाबी छ। शव जलाउनका लागि ती व्यक्तिलाई फ्राँस्वाले २५ हजार अमेरिकी डलर दिएको खुलेको छ।
 
प्रहरीले अनुसन्धानका फ्राँस्वा र उनका प्रहरी प्रेमीलाई पक्राउ गरिसकेको छ। फ्राँस्वालाई पक्राउ गर्नुको आधार स्थानीय प्रहरीको बयान रहेको बताइएको छ। बयानमा उनले फ्राँस्वा आफ्नी प्रेमी रहेकी र उनकै निर्देशनमा अमरिदिसको हत्या गरेको खुलाएका छन्।
 
५ दिनअगाडि अमरिदिस हराएको भन्दै उनको श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन्। उनले कसैलाई जानकारी नदिई कार लिएर हिँडेको दाबी गरेकी थिइन् । दोस्रो दिन जलेको कारमा उनको शव फेला परेको थियो।
 
अनुसन्धानमा संलग्न प्रहरले अमरिदिस बस्ने घरको सोफामा रगतको टाटो फेला पारेका छन्। सो रगत राजदूतकै भएको निष्कार्ष निकाल्दै प्रहरीले घरमै उनको हत्या गरेर शव कारमा राखी बाहिर लगेर जलाइको दाबी गरेका छन्।
 
१५ वर्षदेखि वैवाहिक सम्बन्धमा रहेका अमरिदिस र फ्राँस्वाको १० वर्षका छोरा छन्। हत्या अभियोगमा अनुसन्धानका लागि ३० दिनको म्याद लिएर प्रहरीले फ्राँस्वालाई हिरासतमा राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell