दोलखा : दोलखाको जिरी आसपासको उच्च पहाडी क्षेत्रमा शनिबार दिउँसोबाट हिमपात सुरु भएको छ । जिरी बजारमाथि च्योर्दुङ डाँडामा शुक्रबार साँझदेखि नै हिमपात भएको थियो। शनिबार पटासे ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायतका क्षेत्रमा हिम परेको छ।
हिमपात सुरु भएसँगै जिरी क्षेत्रको चिसोले जनजीवनसमेत प्रभावित बनेको छ । पुनःनिर्माणको काम सुरु हुन नसक्दा चिसोका कारण अस्थायी टहरामा रहेका भूकम्पपीडित बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएका हुन् ।
रामेछापको तामेडाँडा, गुम्देल, देउराली शेरदिङ आसपासका क्षेत्रमा पनि हिमपात सुरु भएको छ ।
रासस